Logo

अर्थ

राष्ट्र बैंकले २७ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज असार २५ गते २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्ने भएको हो । केन्द्रीय बैंकले असार २६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्नेछ ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ८ अर्ब रुपैयाँ ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ । यी ट्रेजरी बिल क्रमशः साउन २३ गते, असोज २३ गते, पुस २४ गते र २०८१ असार २६ गते परिपक्व हुनेछन् ।

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार ११:५२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।