Logo

राजनीति

प्रधानमन्त्रीले गल्ती स्वीकार्दै सदनमा स्पष्टीकरण दिने सहमतिपछि एमाले अवराेध हटाउन तयार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याउने र गल्ती स्वीकार गर्दै सदनमा स्पष्टीकरण दिने सहमतिपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले सदनको अवरोध हटाउन तयार भएको छ । सोमबार सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको तीन शीर्ष नेताहरुबीचको छलफलमा यस्तो सहमति जुटेको हो ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटका विषयमा पनि स्पष्टीकरण दिनेछन् । आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंहले पटकपटक दिल्ली धाएको भनेर असार १८ गते प्रधानमन्त्री प्रचण्ड दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले असार २० यता सदन चल्न दिएको छ ।

आइतबार नै सदन खुलाउने सहमति भएको भएपनि शीर्ष नेताहरुको छलफललगत्तै प्रधानमन्त्रीको सचिवालयबाट आएको प्रेस नोटका कारण सहमति भंग भएको थियो । आइतबार बैठक बस्न नसकेपछि सभामुखले आज (साेमबार) दिउँसाे ३ बजे बस्नेगरी स्थगित गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १४:४७   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।