Logo

प्रमुख समाचार

रवि लामिछानेको प्रश्न : संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ ?



काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संसद्ले धेरै काम गर्नुपर्ने अवस्थामा तीन दलको मुड नचल्दैमा सदन अवरुद्ध हुन नहुने बताए । ‘पार्टीका मुद्दामा संसद् रोकिने कुरामा रास्वपा स्वीकार्दैैन’, लामिछानेको भनाइ छ ।

संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै सभापति लामिछानेले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा संसदलाई बन्धक बनाइएको बताए ।

प्रकाशित मिति : असार २५, २०८० सोमबार  ४ : ५५ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।