Logo

राजनीति

कोशी सरकारविरुद्धको रिट तस्रो पटक पेसीमा, आज सुनुवाइ हुने सम्भावना कति ?



काठमाडौं । कोशी प्रदेश सरकार गठनको निर्णय विरुद्ध सर्वोचचमा दायर रिटमा मंगलबार पनि पेसी तोकिएको छ। पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिट न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ।

रिटमा लगातार तेस्रो दिन एकल इजलासमा पेसी तोकिएको हो। आइतबारदेखि दैनिक पेसी तोकिने तर हेर्न नभ्याउने हुँदै सर्दै आएको छ। १४औं नम्बरमा पेसी रहेकोले आज पनि सुनुवाइ हुने सम्भावना भने कम छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेससहितका दलको सर्मथनमा मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको हकमा बहुमत नपुगेको अवस्थामा नियुक्ति दिएकाले बदर हुनुपर्ने माग गरिएको छ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको प्रस्ताव आह्वानपछि सभामुखसहितको हस्ताक्षर पेस गरेर लिइएको नियुक्ति र सपथ गैरसंवैधानिक भएको जिकिर रिटमा गरिएको छ।

कोशी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेस सहितका गठबन्धनको ४६ मत मात्र भएको अवस्थामा सभामुखलाई समावेश गरेर मुख्यमन्त्री दाबी गर्नु संविधान मिच्ने कार्य भएको दाबी रिटमा गरिएको छ।

प्रकाशित मिति : असार २६, २०८० मंगलबार  ११ : २० बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।