Logo

प्रमुख समाचार

जनमत पार्टी सरकारमा जाने पक्का, अनितादेवी शाह मन्त्री बन्दै



काठमाडौं । जनमत पार्टी सरकारमा जाने पक्का भएको छ । जनमतले सरकारमा जानका लागि मन्त्रीको नामसमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेको छ ।

जनमतका उपाध्यक्ष अब्दुल खानले पार्टीका तर्फबाट अनितादेवी शाहको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएको जानकारी दिए । उनका अनुसार मन्त्रालयको भने टुंगो लागेको छैन ।

प्रधानमन्त्री प्रचण्डले अमनलाल मोदीलाई मन्त्रीबाट हटाएर जनमतलाई संघीय मामिला तथा सामान्य मन्त्रालय दिने तयारी गरेका छन् । तर, जनमत पार्टीले भने विकासे मन्त्रालय खोजेकाले त्यही अनुसारको मन्त्रालय दिन सक्ने बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार २०:२३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।