Logo

अर्थ

चितवन माडी–६ का किसानलाई सिंचाईका लागि पानी तान्ने मोटर वितरण



माडी । चितवनकाे माडी नगरपालिका-६ मा किसानहरुलाई सिंचाईका लागि पानी तान्ने मोटर वितरण गरिएको छ । माडिका कृषियोग्य जमीनमा सिंचाई सुविधा र कृषि उपजकाे उत्पादन बढाउनका लागि ३ इन्च साइजको १७ थान पानी तान्ने मोटर किसानहरुलाई वितरण गरिएकाे हाे ।

वडा नं. ६ कार्यालयबाट विनियोजित ३ लाख र माडी नगरपालिकाकाे नगरसभाबाट रकमान्तरण गरिएको २ लाख गरी कुल ५ लाख रूपैंया बजेटबाट १७ थान पानी तान्ने मोटर वितरण भएकाे वडा अध्यक्ष दीपेन्द्र पौडेलले बताए ।

निर्वाहमुखी कृषि क्षेत्रलाई व्यवसायीक कृषितर्फ उन्मुख गराउने उदेश्यले कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्ने उक्त कृषि सामग्री वितरण गरिएको वडा अध्यक्ष पौडेलले बताए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार १८:०७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।