Logo

अर्थ

मिटर ब्याजपीडितहरू फेरि सडकमा, भन्छन्– ‘विधेयकले माग सम्बोधन गरेन’ (तस्बिरहरु)



काठमाडौं । मिटर ब्याजपीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै माइतीघरमा बुधबार पनि प्रर्दशन गरेका छन् ।सरकारले ल्याएको मिटरब्याज सम्बन्धी विधेयकले आफूहरूको माग सम्बोधन नगरेको भन्दै उनीहरू फेरि सडकमा निस्केका हुन् ।

सरकारले पीडितलाई भन्दा मिटरब्याज शाहुलाई उन्मुक्ति दिने गरि विधेयक ल्याएको भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रनुपरेकाे मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले बताएको छ । सरकारले पीडितहरूलाई झुक्याएको भन्दै पुरानै ६ बुँदे माग पुरा नभएसम्म सडक संर्घष जारी राख्ने उनीहरूकाे अडान छ ।

मिटरब्याजीपीडितहरूकाे आन्दाेलनलाई बृहत् नागरिक आन्दोलनले समेत समर्थन गरेको छ ।

तस्बिरहरु:

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १७:४४   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।