Logo

प्रमुख समाचार

कांग्रेस गण्डकी सभापति भन्छन्– प्रदेश कमजोर भए पार्टी झन् कमजोर हुन्छ



काठमाडौं । नेपाली कांग्रेसका गण्डकी सभापति शुक्रराज शर्माले प्रदेश समिति पार्टीको उपेक्षामा परेको गुनासो गरेका छन् । केन्द्रको उपक्षाले प्रदेशको महत्व घट्दै जाने, जिल्लाले पनि प्रदेशप्रतिको उत्तरदायित्व कम बहन गर्ने र झन् संगठन कमजोर हुँदै जाने जसकारण पार्टी नै कमजोर हुने धारणा उनले राखे ।

बुधबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले भने, ‘प्रदेशलाई धेरै ठाउँमा उपेक्षा भाव राखिएको छ । प्रदेश सभापतिको दायित्व हुन्छ । यसलाई बलियो बनाउने र संस्थागत बनाउने काममा सिधै जिल्ला र पालिकालाई सम्पर्क गर्ने प्रदेशलाई बाहिर राखिएको छ । यसले प्रदेशको महत्व घट्ने, जिल्लाले प्रदेशकाप्रति उत्तरदायित्व कम बहान गर्ने जसले संगठन कमजोर हुँदै गएको छ । हामीलाई जति कमजोर बनाइयो उति पार्टी कोमजोर हुन्छ ।’

गण्डकी सभापति शर्माले जारी केन्द्री समिति बैठकले विगतका त्रुटि सच्याएर नयाँ ढंगले अगाडि बढ्ने किमिसको निर्णय गर्नुपर्ने बताए । ‘अब यो बैठकबाटै हामीले के निर्णय लिनुपर्यो भने हिजोका त्रुटिहरु सधार्न प्रतिवद्ध छौं । भाविष्यलाई हेरेर गआडि बढ्नेछौं’, उनले भने, ‘युवालाई देशको भविष्य यसैमा छ । राष्ट्रियताको सुरक्षा यही पार्टीबाट हुन्छ । आउनुस् बलियो कांग्रेस बनाऔं ।’

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १७:१३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।