काठमाडौं । लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनमगरले जगदेखी पार्टी बलियो बनाउने विषयमा सोच्नुपर्ने बताएका छन् । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले प्रदेशलाई कमजोर बनाएर पार्टी अघि बढ्न नसक्ने बताए ।
‘महामन्त्रीहरुले प्रस्तुत गर्नुभएका कार्यतालिकामा कतै प्रदेश कार्यसमितिको भूमिका र प्रदेश कार्यसमितिलाई जोड्ने काम भएको देखिएन । प्रदेश समिति बनाउने अनि यसैलाई कमजोर बनाउने तरिकाले केन्द्रीय समिति र नेताहरु चल्दा राम्रो हुँदैन । जगदेखि बलियो भने भने मात्रै पार्टी बलियो हुन्छ भन्ने हामीले सोच्नुपर्यो’, बैठकमा उनले भने ।
पार्टीमा कडाइका साथ अनुसाशन पालना नगराइएको पनि सभापति मगरले बताए । ‘अनुसाशित बनाउँछौं भनिएपनि हामीले यसमा कडाइ गर्न नसक्दा पार्टीमा घातअन्तर्घात हुने पवृत्ति बढेका हुन्’, उनले भने, ‘तर जो यस्ता पार्टी हितविपरीतको गतविधिमा लागेको हुन्छ उसैलाई केन्द्रले भाृत संठनमा तहगत रुपमा सिफारिस गर्न नलगाई सिधै मनोतिनत गर्ने हो भने किन चाहियो तल्लो तहको संगठन ? खारेज गरे भइहाल्यो नि ?’
नेताले जसलाई मन लाग्यो त्यसलाई पटकपटक लाभको पदमा लाने गरेको गुनासो पनि सभापति मगरको छ । ‘जसलाई मन लाग्यो त्यसलाई पटकपटक लाभको पदमा लाने । जो पावरमा गयो उसको क्षेत्रमा जति पनि बजेट हुने । उसका मान्छे जहाँ पनि व्यवस्थापन हुने तर सबैलाई हेरेर सम्भावना भएका क्षेत्र र व्यक्तिलाई भने नहेर्ने’, उनको भनाइ थियो ।




















प्रतिक्रिया