Logo

राजनीति

शेखर कोइरालाई वरिष्ठ नेता बनाऔं : कांग्रेस केन्द्रीय सदस्य यादव



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी डा. शेखर कोइरालालाई दिनुपर्ने बताएका छन् । बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापतिमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका शेखरलाई वरिष्ठ नेता बनाउनुपर्ने मत राखेका हुन् ।

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि कांग्रेसमा वरिष्ठ नेताको पद रिक्त छ । वरिष्ठ नेतामा गोपालमान श्रेष्ठको पनि दाबी छ । तर केन्द्री सदस्य यादवले भने शेखरलाई वरिष्ठ नेताको जिम्मेवारी दिँदा समन्वय र सहकार्यको वातावरण बन्ने धारणा राखेका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १३:१७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।