काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज (बिहीबार) पनि केन्द्रीय सदस्यहरुले धारणा राखे । बैठक सुरु भएकै दिन मंगलबार महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पेश गरेका १० बुँदे प्रस्ताव, केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन, केन्द्रीय अनुशासन समितिको प्रतिवेदन र संसदमा पार्टीको गतिविधि सम्बन्धी प्रतिवेदनउपर बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।
पार्टीको विधानअनुसार हरेक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्नेमा झन्डै एक वर्षपछि बसेको बैठकमा सदस्यहरुले नेतृत्वको पार्टी सञ्चालनको तौरतरिका, भातृ तथा शुभेच्छुक संस्थाको दुरावस्था, केन्द्रले तल्ला तहलाई गरेको उपेक्षा, नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाणका विषयमा देखाइएको दुविधा लगायतका विषयमा प्रश्नको वर्षा गराएका छन् ।
केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेहीले नेतृत्वको पार्टी संचालन शैलीप्रति आपत्ति जनाउँदै एक वर्षससम्म केन्द्रीय समिति बैठक नबस्ने कुरा कसले ठिक भन्छ र ? रोष प्रकट गरे । नेतृत्वबाटै विधान मिच्ने काम हुँदा पार्टी झन् कमजोर हुँदै गएको भन्दै विधानलाई मात्र अक्षरशः पालना गर्न सके पार्टी बलियो र गतिशील हुने बताए । पार्टीको विधान देखाउँदै उनले भने, ‘यो मैले मेरो घरबाट ल्याएको पुस्तक होइन । यसमा कसले के काम गर्ने भन्ने प्रष्ट लेखिएको छ । भातृ संस्था कसले बनाउने ? पूर्णता सकले दिने ? विभागीय प्रमुख कसले बनाउने, कति समयमा बनाउने सबै छ । यसमा भएका कुरा अक्षरशः पालना गरौं ।’
बैठकमा नक्कली भुटानी शणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाणको विषयमा पनि सदस्यहरुले नेतृत्वलाई प्रश्न तेर्स्याएका छन् । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीका नेता बालकृष्ण खाणको विषयमा नेतृत्वको दुविधा अचम्मको देखिएको बताए । ‘पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाण प्ररकणमा दुविधा अचम्मको देखिएको छ’, नेता शिवाकोटीले भने, ‘यो प्रकरणमा खाणप्रति अन्याय भएको हो भने सरकारबाट हट्नुपर्यो । होइन भने आफै संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’
उनले यसमा कि थुनामा जाने दोषी वा थुनामा पठाउने दोषी रहेको भन्दै यसबारे पार्टी नेतृत्व प्रष्ट हुनुपर्ने बताए । थुनामा रहेका र बारिहबाट हेररहेको दुवैलाई भ्रममा राख्न नहुने भन्दै शिवाकोटीले सरकार र साथी के रोज्ने हो टुंगो लगानुपर्ने बताए ।
यस्तै केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीमा समावेशीता भएन भने पार्टी सकिँदै जाने धारणा राखे । केन्द्रीय समितिमा महामन्त्रीद्वयले पेश गरेका प्रस्तावमा एक वर्षभित्रमा ५ देखि ७ लाख पार्टी सदस्य थप्ने लक्ष्य राखिएको भएपनि समावेशीता कायम नगरिए ७ हजार सदस्य थप्न पनि गाह्रो हुने उनले बताए ।
कांग्रेस बैठकमा नेताहरुबीच एकअर्काविद्ध आरोप प्रत्यारोपसमेत भएको छ । कोशी कांग्रेसका सभापति एवं मुख्यमन्त्रीसमेत रहेको उद्धव थापाले अर्का केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न माग गरे ।
भातृ संगठन नेपाल तरुण दलमा थारुलाई उपेक्षा गरिएकोमा नेता चौधरीको आपत्ति छ । ‘एक वर्षभित्रमा ५ देखि ७ लाख सदस्य बनाउने उद्देश्य राखिएको छ । यो मार्गचित्र त राम्रो छ । तर के तपाईँहरुले गरेका काम कर्तव्यबाट कसरी ७ लाखसम्म पार्टी सदस्य थप्ने सोच्नुभा छ ?’ उनले भने, ‘हाम्रो विधानमा र संविधानमा समावेशीता कायम गर्ने भनिएको छ । तर ४ सय जनाको तरुण दलमा थारु जम्म ४ जना ? तरुण दलमा दलितको उपस्थिति हेर्नुस्, महिलासंमा पनि थारुको उपस्थिति हेरौं त ? अनि पार्टी सदस्य थप्न गाउँगाउँ गएर हामीले के भन्ने ? यसरी ७ लाख सदस्य थप्न सक्छौं महामन्त्री ज्यु ? यो तरिकाले हाम्रो पार्टी संगठन हुँदैन ।’
केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले महामन्त्री गगनकुमार थापामाथि नै कटाक्ष गरे । संसदीय दलको नेता फेर्ने अभियानमा आफू रहेको भन्दै महामन्त्री थापाले दिएका अभिव्यक्तिलाई लिएर केसीले कटाक्ष गरेका हुन् ।
बैठकमा धारणा राख्दै केसीले महामन्त्री थापाको अभियानलाई बेमौसमको बाजाको संज्ञा दिएका छन् । ‘एउटा व्यक्तिलाई संसदीय दलको नेता बनाउने, पार्टी सभापति फेर्ने भन्दैमा समया परिस्थितिलाई ख्यालै नगरी बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइँदैनन् कि ? ख्याल गरियोस्’, बैठकमा कैन्द्रीय सदस्य केसीले भने ।
कांग्रेस बैठकमा नेताहरुबीच एकअर्काविद्ध आरोप प्रत्यारोपसमेत भएको छ । कोशी कांग्रेसका सभापति एवं मुख्यमन्त्रीसमेत रहेको उद्धव थापाले अर्का केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न माग गरे । गत निर्वाचनमा बुढाथोकीले झापामा कांग्रेस उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उनले कारबाहीको माग गरेका हुन् ।
‘झापा २ मा कांग्रेसको उम्मेदवार हराउने उहाँ नै हो । देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर मेसेज गर्नुभएको छ,’ थापाले भने, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो र सकिएपछि मात्रै फर्किनुभयो । पार्टीलाई संकट पर्दा भागेर जाने ? यस्ता नेतालाई कारबाही हुनुपर्दछ ।’
कांग्रेसको केन्द्रीय समितिमा कोशी प्रदेशको नामकरण विवादको विषयले पनि प्रवेश पाएको छ । केन्द्रीय सदस्य तारामान गुरुङले कोशी प्रदेश नामकरणका क्रममा जनभावनालाई बेवास्ता गरिएको बताए ।
कतिपय केन्द्रीय सदस्यले बैठकका प्रत्यक्ष प्रशारण गरिएकोमा आपत्ति जनाए । केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले बैठकको लाइभ गर्ने निर्णयप्रति आपत्ति जनाउँदै पार्टीको सबै विषय सार्वजनिक गर्दा राम्रो नहुने धारणा राखे ।
‘केन्द्रीय समितिको बैठक लाइभ गर्ने जुन निर्णय पार्टीले गर्यो, योसँग म पूर्ण रुपमा असहमत छु’, बैठकमा भाग लिँदै केन्द्रीय सदस्य गौतमले भने, ‘यो गर्नु हुँदैनथ्यो । यहाँ हामीले पार्टीका विविध पक्षमा छलफल गरौंला । राष्ट्रिय, अन्तर्राष्ट्रिय विषय, न्यायपालिका, कर्मचारितन्त्र सबै विषयमा छलफल गरौंला । यी सबै कुरालाई छताछुल्ला पारेर यसले पार्टीलाई राम्रो गर्ला जस्तो मलाई लाग्दैन ।’
यस्तै कांग्रेसको केन्द्रीय समितिमा कोशी प्रदेशको नामकरण विवादको विषयले पनि प्रवेश पाएको छ । केन्द्रीय सदस्य तारामान गुरुङले कोशी प्रदेश नामकरणका क्रममा जनभावनालाई बेवास्ता गरिएको बताए । सुरुदेखि नै नामका विषयमा सहमति नभइरहेको अवस्थामा संसद्ले जनताको आवाजलाई नसुनि निर्णय लिएर गलत गरेको उनको भनाइ थियो ।
‘प्रदेश १ को अहिले जे नाम भयो यो पनि नराम्रो त होइन, राम्रौ होला । कोशीको नामकरण गर्दैगर्दा संसद्बाट टुंग्याउनुअघि त्यत्रो जनताले कुरा उठाइराखेका थिए । स्थानीय स्तरका जनताहरुसँग छलफल गरेर टुंग्याउनुपर्थ्यो । तर निर्णय भयो, विवाद बढ्यो, ज्यान गयो’, केन्द्रीय सदस्य गुरुङले भने, ‘अब यो समस्यालाई कांग्रेसले नेतृत्व गरे समधान गर्नु पर्छ ।’
पार्टीमा रिक्त रहेको वरिष्ठ नेताको पदको विषयमा पनि केन्द्रीय सदस्यहरुलो धारणा राखेका थिए । वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई बनाउने वा शेखर कोइरालाई बनाउने भन्नेमा सभापति शेरबहादुर देउवा निर्णयमा पुगिसकेका छैनन् । यो अवस्थामा केन्द्रीय सदस्यहरुको मत पनि मिश्रित आएको छ । कतिपयले शेखरलाई वरिष्ठ नेता बनाइए पार्टीमा सन्तुलन कायम हुने बताएका छन् भने कतिले श्रेष्ठलाई नै वरिष्ठ नेता बनाउनुपर्ने धारणा राखेका छन् ।
बिहीबारको छलफल महामन्त्री गगन थापाको जन्मदिन मनाउँदै सकियो भने छलफललाई पुनः शुक्रबार निरन्तरता दिइने अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।




















प्रतिक्रिया