Logo

विचार / ब्लग

कविताः झरी



म हुँ झरी, स्वर्ग लोकको परी,
आकाशबाट खसेर सबैलाई खुशी पारी ।
हेर्दा छु म झोलिलो पदार्थ,
न त छ रङ, न त आकार ।

भगवान इन्द्रैबाट नपाए पनि ज्ञान, गुण अर्ती,
म झरी रहन्छु आकाशदेखि धर्ती ।

झर्दा म कसैको अधिकार पनि हरिन्न,
झरिरहन्छु, जबसम्म किसानको मन खुशीले भरिन्न ।

म त्यही झरी हुँ, बिहान पातका लहरमा हुन्छु,
जब किसानको मन दुःखी हुन्छ, धुरुधुरु रुन्छु ।

आकाशमा झिलिमिली तारा तर उज्यालो जुनको मात्र,
पृथ्वीमा पानी छ फालाफाल तर आवश्यकता त म झरीको मात्र।

खेतीपाती गर्दा चाहिन्छु म, कहिले त पिउन,
कहिलेकाहीँ फोहोर हुन्छु, छानेर सफा गरी मलाई लेउन ।

मेरो चाहना छ पृथ्वीमा किसानलाई खुशी देख्न,
अरु कुरा अलप होला तर म चाहिँ कहिल्यै पनि हुन्न ।

वर्षायाम र पानीको महत्व दर्साउने ‘कविता–‘झरी’ ब्लुम नेपाल स्कुलमा अध्ययनरत छात्रा प्रसन्ना कार्कीले पठाएकी हुन ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १५:११   :  बजे

441
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।