काठमाडौं । प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गरिएकाे छ । शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका हुन । स्थानीयले सिसडोलमा फोहोर बोकेर गएका गाडीलाई अवरोध गर्न खोजे पनि प्रहरीले बल प्रयोग गरेर भीड पन्छाएको थियो ।
स्थानीयहरूले १ साउनदेखि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न अवरोध गर्दै आइरहेका थिए । स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाकाे फोहोर बोकेका कुनै पनि गाडी ल्यान्डफिल्ड साइट जान सकेका थिएनन् । बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै साउनकाे सुरुबाटै फोहोर बोकेका गाडीहरुलाई बाटोमै रोकेका थिए ।
फाेहाेर बिसर्जन गर्न नपाउँदा काठमाडौंमा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भइसकेको छ । २ साउनमा गएको ३० वटा फोहोर बोकेका गाडी बाटोबाटै फर्किएपछि फोहोर बोकेको गाडी काठमाडौंबाट जानै रोकिएको थियो ।
फोहोर बोकेर जाने गाडीलाई स्थानीयले अवरोध गरेपछि शहरी विकास मन्त्रालयले शुक्रबार प्रहरीको सुरक्षासहित फोहोरका गाडी बञ्चरेडाँडामा पठाएको हो ।




















प्रतिक्रिया