रामेछाप । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नयाँ दलहरुमथि कटाक्ष गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत र नागरिक उन्मुक्तिल लगायतका पार्टीहरुलाई उनले उर्लंदो खहरेको संज्ञा दिएका छन् ।
४१औं विपी स्मृति दिवसका अवसरमा शनिबार रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले यस्तो टिप्पणी गरेका हुन् । ‘कांग्रेस मंसिरमा पनि उत्तिकै बग्ने नदीसमान हो, अरु खहरे हुन् मंसिरमा हुँदैनन्,’ लेखकले भने, ‘नयाँ पार्टी उदाउँदैमा कुनै पनि कांग्रेसीले आत्तिनु पर्दैन ।’
प्रमुख सचेतक लेखकले विपीको विचार कालजयी भएको बताए । ‘बीपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यसबेलाको विचारमा आज सबै अटाउन सक्नु नै उहाँको विचार कालजयी हुनु हो,’ उनले भने, ‘लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिस्टहरूलाई पनि लोकतन्त्रमा विश्वास गर्ने अवस्था बनायौं ।’




















प्रतिक्रिया