Logo

प्रमुख समाचार

सत्ता सहयात्रीहरूलाई माधव नेपालले भने– ‘गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ, सचेत रहऔं’



काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको दाबी गरेका छन् । नेपाली कांग्रेस कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन पनि आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत बताए । उनले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए । उनले पूँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकिर गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार १६:२६   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।