Logo

प्रमुख समाचार

रमेश लेखकलाई गगनकाे जवाफ : नयाँ दलहरूलाई खहरे हुन्, हामीजस्तो कोही छैन भन्याैं भने सकिन्छौं



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टीलाई देखेर आत्तिन पनि नहुने र सामान्य पनि ठान्न नहुने बताएका छन् । उनले नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने सोचले पुरानाहरुलाई सिध्याउने बताएका छन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शनिबार रामेछापको भंगेरीमा आयोजित कार्यक्रममा नयाँ दलहरुमथि कटाक्ष गर्दै उनीहरुलाई उर्लंदो खहरेको संज्ञा दिएका थिए ।

त्यसपछि शनिबार नै पोखरामा आयाेजित कार्यक्रममा महान्त्री थापाले कांग्रेसभित्र धेरै आत्तिने र नयाँ पार्टीलाई केही पनि होइन भन्ने दुबै प्रवृत्ति देखिएको बताउँदै यी दुबै प्रवृत्ति गलत भएको बताएका हुन् । उनले कांग्रेसको कमजोरी सुधार्न ध्यान दिनुपर्ने धारणा राखे ।

‘हामी चाहिने भन्दा बढी आत्तिएको हो कि भन्ने लागेको छ, यति धेरै आत्तिहाल्नुपर्ने कारण केही पनि छैन, त्यसैले नआत्तिऔं । सबैकुरा बिग्रियो, भत्कियो, सक्कियो भनेर आत्तिनुपर्ने केही छैन’, महामन्त्री थापाले भने, ‘तर सँगसँगै खहरे हुन्, यी (नयाँ पार्टीहरु) केही पनि होइन, हामीसँग जति नेता कोहीसँग छैन, हामीसँग जस्तो नाम पनि कोहीसँग छैन, हामी हिजो पनि ठूलो थियौं हामीले मात्र खाएको हो भन्यौं भने हामी सकिन्छौं ।’

कांग्रेससँग ठूलो शक्ति, संगठन, विचार र नेता रहेको तर सँगसँगै केही कमजोरी पनि रहेको भन्दै थापाले ती कमजोरीलाई सच्याउनैपर्ने बताए । चुनावमा जाने बेला उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कांग्रेसभित्र ठूलो समस्या रहेको भन्दै उनले अब पार्टीभित्रै निर्वाचनको पद्धतिबाट उम्मेदवार छनोट गर्नुपर्ने धारणा राखे ।

  • याे पनि…

कांग्रेस प्रमुख सचेतक लेखकको कटाक्ष : ‘नयाँ दलहरू उर्लंदो खहरे हुन्’

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार १९:५४   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।