Logo

प्रमुख समाचार

राजनीतिको सामाजिकीकरण गर्न आवश्कय छ : विमलेन्द्र निधी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधीले राजनीतिलाई सामाजिकीकरण गर्नु आवश्यक रहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले भने, ‘राजनीतिको सामाजिकीकरण अहिले मुख्य आवश्यकता हो ।’

नेता निधीले राज्य र जनताको काम गर्ने जिम्मा सरकारलाई मात्र छाडिए त्यो राजनीतिको सामाजिकीकरण नहुने बताए । ‘राज्य र जनताको काम गर्न सरकारलाई मात्र छाडिदिने हो भने त्यो सामाजिकीकरण हुँदैन’, उनले भने, ‘राजनीतिलाई व्यवसायिकतातर्फ लगिरहेका छौं । यो चुनौती हो । रोग हो ।’

नेता निधीले प्रदेशको अधिकारलाई सुनिश्चित गर्नुपर्ने पनि बताए । बैठकमा प्रदेशसभापतिहरुले आफूहरु जिम्मेवारीविहीन भएको गुनासो गर्दै आवश्यक नठानिए खारेज गर्नुपर्ने तर्क गरेका थिए । प्रदेशलाई अधिकारसम्पन्न बनाउन संविधानमै संशोधन गर्नुपर्ने भए पनि गर्न तयार हुनुपर्ने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १२:५३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।