Logo

राजनीति

बालकृष्ण खाणबारे कांग्रेस मौन



काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री एवं पार्टीका नेता बालकृष्ण खाणबारे मौन बसेको छ । एक हप्ता बसेको केन्द्रीय कार्यसमिति बैठकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहेको बताएपनि खाणबारे भने मौन बसेको हो ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयका प्रस्तावहरु पेश गरेका छन् । जसको दोस्रो नम्बर बुँदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गरिएको छ । भ्रष्टाचार जघन्य अपराध भएको भन्दै कांग्रेसले जो कोहीले भ्रष्टाचार गरे कानुन बमोजिम कारबाही हुनुपर्ने बताएको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापासहित केही नेताले उनलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए भने केहीले उनलाई साथ दिनुपर्ने मत राखेका थिए । महामन्त्री शर्माले यसबारे अर्का महामन्त्री थापाको लिखित मत रहेको बताए ।

  • याे पनि…

केन्द्रीय समितिमा खुशी हुँदै सभापति देउवाले भने– ‘धेरै आलोचना होला भनेको, कम भयो’

नीति अधिवेशन नगर्ने कांग्रेसको निर्णय, मंसिरमा महासमिति बैठक

जातीय विभेद गर्नेको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसको निर्णय

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १९:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।