Logo

प्रमुख समाचार

संसदको अवरोध हटाउनबारे सभामुख र राष्ट्रियसभा अध्यक्षसँग राष्ट्रपतिले गरे छलफल



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भएको भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् ।

सो भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध हटाउन राष्ट्रियसभा अध्यक्ष र सभामुखले गरेका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए । भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।

गत साउन १० गतेदेखि प्रतिनिधि सभा बैठकमा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार ११:०४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।