Logo

अर्थ

निर्माण व्यवसायीहरूको दोस्रो चरणको आन्दोलन जारी



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो दुई महिना यता सरकारविरुद्ध आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएका छन् । शुक्रबार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई सिठ्ठी जुलुश गरेका छन् ।

पछिल्लो दुई साता यता त झन् निर्माण व्यवसायीले निरन्तर सडक आन्दोलन गर्दै आएका छन् । महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताए ।

व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १२:१६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।