काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पारेको भन्दै असन्तुष्टि जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध भएको समयको भत्ता र तलब नलिने भन्दै सभामुख देबराज घिमिरेलाई पत्र बुझाएको छ ।
रास्वपाले अवरुद्ध भएको समयको कुनै पनि सेवा सुविधा नलिने र लिएको भए पनि मिलान गर्न सभामुखलाई पत्रमार्फत जानकारी गराएको छ ।
रास्वपाका सभापति रबी लामिछानेले हस्ताक्षर गरेको पत्रमा जनताको सर्वभौम संसद सुचारु गर्न पहल कदमी लिन सभामुखलाई अनुरोध पनि गरिएको छ । रास्वपाले आज सभामुखलाई भेटेर यस्तो पत्र बुझाएको हो ।
पत्र बुझाउने समयमा रास्वपाका सबै सांसद सभामुखलाई पत्र बुझाउन गएको देखिन्छ ।





















प्रतिक्रिया