Logo

अनलाइनपाना खोज

प्रभु बैंकको वित्तीय अवस्था झनै कमजोर- खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो



काठमाडौँ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौँ’ भन्दै २०७० सालमा स्थापना भएको प्रभु बैंक पछिल्लो समय खराब कर्जाको दलदलमा फस्न थालेको छ । गत आर्थिक वर्षको तथ्यांकले यसलाई पुष्टि गरेको छ । बैंकको यो भन्दा अघिल्लो आर्थिक वर्षको अन्त्यमा १ दशमलव ८६ प्रतिशत रहेको खराब कर्जा गएको आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट अनुसार ४ दशमलव १६ प्रतिशत पुगेको छ भने वितरणयोग्य मुनाफा पनि १६ करोड मात्र रहेको छ ।

त्यसो त बिग मर्जरमा जानु अघिनै बैंक कमजोर रहेको थियो । चैत मसान्तसम्म बैंकले देखाएको रिपोर्ट अनुसार बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.४८ प्रतिशत पुगेको थियो भने हाल बैंकको खराब कर्जा ४ दशमलव १६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा १ दशमलव ८६ प्रतिशत थियो । बैंकको संचित मुनाफा ८४ दशमलव ३५ प्रतिशतले घटेर १६ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष १ अर्ब ३ करोड वितरणयोग्य मुनाफा रहेको कम्पनीको गत आर्थिक वर्षको रिपोर्ट अनुसार १६ करोड १६ लाख मात्रै वितरणयोग्य मुनाफा रहेको छ । समिक्षा अवधिमा वितरणयोग्य मुनाफा ८४ दशमलव ३५ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा शून्य रुपैयाँ ६९ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ८ रुपैयाँ १३ पैसा थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले कतिपय खराब विगत भएका र व्यवसाय टाट पल्टेका ऋणीहरुमा जथाभावी कर्जा प्रवाह गर्दापनि बैंकमा संकट देखिन थालेको बैंकका कर्मचारीहरु बताउँछन् । बलियो हुन ग्राण्ड बैंक र किस्ट बैंकसँग मर्जर सकाएर खराब कर्जालाई कम गराउँदै लाभांश पनि वितरण गर्न सुरु गरेको प्रभु बैंक उनै सीईओ शेरचनकै कारण आर्थिक हिसावले धराशायी बन्दै गएको छ । गत आर्थिक वर्षको अन्तिम रिपोर्टअनुसार लाभांश वितरण क्षममताको आधारमा प्रभु बैंक पुछारमा रहेको छ ।

बैंकले डुव्दै गरेका कम्पनीका नाममा कर्जा प्रवाह गर्ने र त्यसबाट सिइओले फाइदा लिने गर्दा बैंकको रकम जोमिम तर्फ गएको हो । बैंकको खराव सुचकांक बढ्दै गएको छ । बैंकको ईपीएस घटेर १२ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो । बैंकमा खराब अवस्था आउनुमा बैंक सञ्चालक समितिका पूर्व अध्यक्ष देवीप्रसाद भट्टचन पनि अर्को कारक हुन्, किनकि उनी पनि सीईओ शेरचनले गर्ने जथाभावी निर्णयमा मौन समर्थन गर्दै आएका थिए ।

उनकै पालामा सीईओ शेरचनले डुबिसकेको जानकी मेडिकल कलेजका नाममा २ अर्ब रकम,विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १ अर्ब २० करोड, शिव शिखर एग्रोलाई ७५ करोड, भूमि इन्फ्रास्ट्रक्चर र नेपाल जनरल मार्केटिङको नाममा ठूलो रकम कर्जा लगानी गरेका थिए । बैंकले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लगानी गरेको अर्ब बढी ऋण रकम उठाउन नसकिने भन्दै कर्जा विभागले सिइओ समक्ष रिपोर्ट गरिसकेको भएपनि बैंकले रिपोर्टमा सो खराव कर्जाको विषय गुपचुप राखेको छ । यसअघि सोही प्रकृतिको जानकी मेडीकल कलेजमा लगानी भएको रकम पनि डुबिसकेको छ ।

हाल बैंक सञ्चालक समितिका अध्यमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लिलाप्रकाश सिटौला छन् भने अन्य सदस्यमा रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटे, रामेश्वर सापकोटा, अविशेक बज्राचार्य र गीता प्रधान रहेका छन् । सिटौला लगायत अधिकांश सञ्चालक समितिका सदस्यहरुले सीईओ शेरचनले गर्ने निर्णय प्रकृयामा चासो नदेखाउने र खवरदारी नगरेकै कारण बैंक बिस्तारै अधोगतीमा जान थालेको कतिपय कर्मचारीको बुझाई छ । सीईओ शेरचनले आफै प्रत्यक्ष संलग्न भएर कर्जा प्रवाह गरेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाका नियामक निकाय नेपाल राष्ट्र बैंकसमेत शेरचनको प्रभावमा परेको छ । उनका गलत क्रियाकलापका विषयमा पटकपटक गुनासो र उजुरीनै पर्दा समेत मुकदर्शक बनेर उल्टो प्रोत्साहित गरिरहेको छ । यसअघि नेपाल राष्ट्र बैंकमा २०७६ साल १२ गते पुगेको उजुरी उपर राष्ट्र बैंकले आजसम्म पनि कुनै कारबाही अगाडी बढाएको छैन । उल्टै शेरचनका विरुद्धमा परेको उजुरीका सम्वन्धमा सञ्चालक समितिसँग जवाफ माग्नुपर्नेमा उल्टै उनैसँग स्पष्टिकरण सोधियो र घटनालाई सामसुम पार्ने काम गरियो । राष्ट्र बैंकबाट बैंक सुपरिवेक्षणमा जाँदा समेत यी कुराहरुलाई औंल्याइएको देखिँदैन ।

प्रभु बैंकबाट बिना धितो कर्जा प्रवाह, ग्राहकको बचत खाता प्रयोग गरी करोडौँ रकम हिनामिना

प्रभु बैंकका सीइओ शेरचनको अर्को बदमासी, टाट पल्टिएको शिव शिखर एग्रोका नाममा झण्डै १ अर्व ऋण प्रवाह

कहिले टुंगिएला वित्तीय अपचलनमा मुछिएका प्रभु बैंकका सिईओ शेरचनको मुद्दा ?(भिडियो रिपोर्ट)

प्रभु बैंकमा शेरचनको मनोमानी, ससुराकै नाममा अर्बौ ऋण प्रबाह, राष्ट्रबैक मुकदर्शक

प्रभु बैंकका सीइओ शेरचनको अर्को बदमासी, टाट पल्टिएको शिव शिखर एग्रोका नाममा झण्डै १ अर्व ऋण प्रवाह

‘पावरफुल’ कर्मचारी रश्मी पन्तले चलाउँछिन् प्रभु बैंक, ‘सिनियर’ डेपुटी सीइओहरु निरिह

देउराली सहकारीको ५ अर्बको सम्पत्ति एक अर्बमै हडप्ने दाउमा प्रभु बैंक, बचतकर्ता चिन्तित

सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा

कहिले टुंगिएला वित्तीय अपचलनमा मुछिएका प्रभु बैंकका सिईओ शेरचनको मुद्दा ?(भिडियो रिपोर्ट)

सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १८:१४   :  बजे

465
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।