Logo

अनलाइनपाना खोज

शाल्ट ट्रेडिङमा भ्रष्टाचार ब्याप्त, उपभोक्ता संरक्षणका अध्यक्ष भन्छन् : बिषादीयुक्त नुन खुवाइयो



नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले शाल्ट ट्रेडिङ कर्पोरेसनमा भ्रष्टाचार ब्याप्त रहेको बताएका छन् । संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महासंघले आज (शुक्रबार) उपभोक्ताका समस्याहरू, मुल्यवृद्धि नियत्रणलगायतका मागहरू राखेर गरिएको पत्रकार सम्मेलनमा उपभोक्ताका समस्याहरू, मूल्य बृद्धी नियन्त्रणलगायतका मागहरू सरकारसँग राखेको छ ।

नेपाली उपभोक्ता संरक्षण महासंघका उपाध्यक्ष अर्जुन श्रेष्ठले कालोबजारी नगरिकन कुनै कामै हुँदैन भन्ने कुरा बजारमा छ्यापछ्याप्ती रहेको र त्यसको नियन्त्रणका लागि आफूहरूलाई सबैको सहयोग चाहिने बताए । उनले संस्थाले जादुमय तरिकाले नभइ बिस्तारैबिस्तारै परिवर्तन गर्ने दाबी गरे ।

केन्द्रीय अध्यक्ष चन्द्र साउदले नेपालीहरूले स्वस्थ्य खाना खान पाउनुपर्ने र स्वस्थ्य प्रतिष्पर्धा गर्न पाउनुपर्ने बताउँदै देशमा भ्रष्टाचार र कालोबजारी निर्मुल हुनुपर्ने बताएका छन् । आम उपभोक्तहरूको हक अधिकार सुनिश्चित हुनुपर्छ भनेर २ वर्ष अगाडि संस्था स्थापना गरेको बताउँदै भने,‘ भ्रष्टाचारीहरू जेलमा हुनुपर्छ, कालोबजारी गर्नेहरू जेलमा हुनुपर्छ । काम गर्ने श्रमिकहरूले काम गर्न पाउनुपर्छ, खाना खान पाउनुपर्छ । शिक्षा, स्वास्थ्यको ग्यारेन्टी हुनुपर्छ ।’

नेपालका आम उपभोक्ताहरूको न्याय र हकअधिकारका लागि संस्था स्थापना गरेको उनले बताए । उनले संसदमा दुई महिनादेखि भैँसी र सुनको कुरा मात्रै भइरहेको र देशको संसद भैँसी र सुनको लागि मात्रै स्थापना भएको हो ? भन्दै प्रश्न गरे । उनले भने, ‘हामीले ती जनप्रतिनिधिहरूलाई भैँसी र सुनको कुरा गर्नमात्रै त्यहाँ पठाएका हौँ र ? अरू समस्याहरू देशमा छैनन् । कृषकको समस्या के छ ? आम उपभोक्ताहरूको समस्या के छ ? आम विद्यार्थीको समस्या के छ ? त्यो हेर्नुपर्छ ।’

उनले देशमा कसले के काम गर्छ त्यसको हिसाबै नहुने गरेको आरोप लगाए । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले आफूहरूलाई समय नदिएको भन्दै कार्यक्रममार्फत नै आफ्ना मागहरू सुनाउन बाध्य भएको बताए । उनले कालोबजारी, सुन तस्करहरूलाई कारवाही भएको हेर्न चाहेको बताए ।
उनले अधिकारसम्पन्न उपभोक्ता समिति र उपभोक्ता मन्त्रालय गठन हुनुपर्ने माग गरे । सर्वोच्च अदालतले उपभोक्ता अदालत गठन गर भने आदेश दिएको तर सरकारले नमानेको उनले बताए । उनले साल्ट ट्रेडिङले खुवाएको नुनमा पनि विषादी र भ्रष्टाचार भएको आरोप लगाए ।

अधिवक्ता विष्णु गिरीले नेपाली उपभोक्ता संरक्षण महासंघका साँच्चिकै नेपाली उपभोक्ता हकहितका र अधिकारका लागि स्थापना भएको बताए । उनले महांसघ संगठित रूपमा उदाएको संस्था भएको बताउँदै उपभोक्ता ठगीमा परेको बेला होस् या अन्याय र अत्याचारमा परेको बेला आफ्नो कुराहरू उठाउँदै आएको दाबी गरे । उनले जबसम्म उपभोक्ताहरू सचेत हुँदैनन् तबसम्म देश समृद्धिमा जान नसक्ने दाबी पनि गरे ।

त्यस्तै उनले आफूले सेवा लिँदा आफ्नो हितका लागि छ कि छैन भनेर सोच्ने गर्नुपर्ने बताउँदै संस्थामा जोडिन सबैलाई आग्रह गरे। उपभोक्ता काजीबहादुर कार्की नेताहरूले उपभोक्ताको कुरा सुन्न सक्नुपर्ने बताएका हुन् । आफू काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार भएको बताउँदै उनले नेताहरू देश र जनताको लागि बोल्नुपर्ने बताए । उनले भने, ‘देश र जनताको निम्ती बोल्नुपर्यो । उद्योगका निम्ती बोल्नुपर्यो, कलकारखानाका लागि बोल्नु पर्यो।’ उपभोक्ताहरू अगाडि बढे पछाडिबाट संस्थाले साथ दिनका लागि उनले आग्रह गरे।

उनले संसारकै सबैभन्दा उत्कृष्ट उपभोक्तासँग सम्बन्धित विज्ञान नेपालमा पाइने दाबी गरे । कार्यक्रममा नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउद, उपाध्यक्ष लक्ष्मी शर्मा, उपाध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अजय महतो, उपमहासचिव तथा प्रवक्ता लोमणी कार्की र अधिवक्ता विष्णु गिरीलगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस् ।

साल्ट ट्रेडिङ सेयर घोटाला प्रकरण : अर्थले एक्सन लिन खोज्दा उद्योग मन्त्रालय यसरी बन्यो ‘दूधको साक्षी बिरालो’

साल्ट ट्रेडिङमा रोकिएन अनियमितताको श्रृङ्खला, सेवा सुधारमा भन्दा चलखेलमा बढी ध्यान

साल्ट ट्रेडिङमा करारमा कर्मचारी नियुक्ति र मलमा मनलाग्दी, सीइओ श्रेष्ठलाई कसले लगाउने लगाम ?

साल्ट ट्रेडिङ हत्याउने लक्ष्मी ग्रुपको दाउ, संचालकमा लक्ष्मी ग्रुपकै तीन जना

साल्ट ट्रेडिङमा बेथिति : समाचार लेख्दा विभागीय प्रबन्धक ब्रजेश झाको ‘डील’को प्रस्ताव

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार २२:१३   :  बजे

711
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।