Logo

अर्थ

सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायी प्रहरीकाे नियन्त्रणमा (तस्बीरहरु)



काठमाडौं । ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्माणको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीहरू आन्दोलनरत छन् ।

तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । ‘एक बजेसम्म धर्नाको कार्यक्रम थियो, तालाबन्दी गरिसकेर धर्नामा बसिरहेका बेला प्रहरीले धरपकड गर्यो,’ उनले बताए ।

बाँकी रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखेर निर्माण व्यवसायीहरु १४ साउनदेखि निरन्तर आन्दोलनमा छन् ।

 तस्बीरहरु :

   

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार ११:१९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।