काठमाडौं । सत्ता गठबन्धनले सदनको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गर्ने भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संसद्को गतिरोध अन्त्यका लागि एमालेसँगको संवादलाई तीव्रता दिने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।
सुन तस्करी प्रकरण छानबिनका लाग उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै एमालेले साउन १० यता सदन चल्न दिएको छैन । लामो समय सदन नचलेपछि जनसरोकारमा मुद्दा ओझेलमा परेका छन् ।




















प्रतिक्रिया