Logo

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना



 चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ । भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड–१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

साथै पत्रमा भट्टराईले केही अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गर्नुभएको सम्बोधनको प्रसंशा पनि गरिएको छ । भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गर्नुभएको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार  २ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।