Logo

प्रमुख समाचार

सबै राजनीतिक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि गरेको छ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एकपछि अर्को राजनीतिक घटनाक्रमले नेकपा एमालेबाट आफूहरूले गरेको विद्रोहको पुष्टि गर्दै लगेको बताएका छन् । मंगलबारदेखि सुरु भएको पार्टीको छैठौं केन्द्री कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक घटनाक्रमले विद्रोहको पुष्टि गरेको दाबी गरे ।

‘त्यसबेला हामीले पूरानो एमालेबाट विद्रोह गरेर अत्यन्तै उचित्र कम गरेका थियौं । त्यो विद्रोह जाहेज थियो औचित्यपूर्ण थियो भन्ने कुरा राष्ट्रिय राजनीतिले सामना गरेका अनेक क्रघटनाक्रम, विभिन्न क्रियाकलापहरू यी सबै कुरा पुष्टि गरेको छ । त्यस बेलाको आवश्यकता र अहिलेको अवाश्यकताले पनि बताइरहेको हामीले साँच्चै आँट गरेका हौं’, केन्द्रीय सदस्यहरूलाई अध्यक्ष नेपालले भने, ‘यो कुरामा हामीलाई ठिक गरेका थियौं भन्ने दृढ विश्वास हुनुपर्छ ।’

विगतका राजनीतिक घटनाक्रम, त्यस बेलाको पार्टीको भूमिकालाई स्मरण गर्न पनि उनले आग्रह गरे । ‘हामीले कसरी २०७८ भदौ २ गते आयोगमा गएर पार्टी दर्ता गर्याैं ? भदौ ९ गतेको दिनमा वैधानिक प्रक्रिया पूरा भएपछि हामीले प्रमाणपत्र प्राप्त गरेको थियौं । पार्टीलाई गआडि सार्न गरिएका ती मेहनत र समाना गरेका चुनौतीलाई बिर्सन हुँदैन’, बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हामी किन त्यो विन्दुमा पुग्यौं भनेर स्मरण गर्न सकेनौं भने हामीले निर्माण गरेको नयाँ पार्टीको, पूरानो एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि हुन सक्दैन ।’

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १३:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।