Logo

प्रमुख समाचार

उपप्रधानमन्त्री खड्काद्वारा कांग्रेस मन्त्रीहरूसँग छलफल



काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् । सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले मंगलबार पार्टीबाट मन्त्री रहेकाहरूसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् ।

छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी भएको बताइएको छ । क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री डा. प्रकाशशरण महत भने सहभागी भएनन् । गत महिना भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना भएको थियो ।

सरकारले गरेको राम्रो कामको जस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिने तर विवादस्पद विषयको जिम्मा कांग्रेसले पनि बोक्नुपरेको भन्दै केही नेताहरुले आपत्ति जनाएका थिए । यी समग्र विषयमा कांग्रेसका मन्त्रीहरूबीच छलफल भएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १६:५६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।