विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा सत्ता पक्षले अदालतले सच्याएको गल्ती दोह्रोर्याएको बताएका छन् । उनले सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको बताए । सोमबार कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राईल मन्सुरीले पनि मत हालेका थिए ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले त्यो सही नभको बताएका हुन् । प्रदेश सरकारले न्यायालयको सम्मान नगरेको हो भन्ने प्रश्नमा उनले भने, ‘फेरि हामीले दोह्रोर्यायौं सत्ताका लागि, फेरि अदालतले के निर्णय गर्छ हेरौं ।’
पार्टी र सत्ताको राजनीतिक फरक हुने बताउँदै उनले सत्ताको राजनीति गलत हुँदा अदालतले सच्याउने बताए । राज्यसत्ता कमजोर भएपछि न्यायालय सक्रिय हुनु स्वभाविक हुने उनले बताए ।




















प्रतिक्रिया