Logo

स्वास्थ्य

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु



चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

कात्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा ४ गते संक्रमण पुष्टि भएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाले मंगलबार साँझ नै मृत्यु भएको छ ।

बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कार्तिक ६ गते  आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार  १० : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।