काठमाडौं । कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर, गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रर्दशन गरेका छन् । मंगलबार गाई मार्न पाईदैन, कानूनको पालना गरलगायतका नारासहित काठमाडौंको माईतीघरमा विरोध प्रर्दशन गरेका हुन् ।
उक्त प्रदर्शनमा सहभागी विद्यार्थी शुसान्त आचार्यले गाई मारेर खाने कार्य भईरहेको बेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए । ‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ । सरकारलाई कानून पढाउने हिसावले हामी यहाँ आएका हौं ।’
उनले गाई मार्नेलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । गाई जस्तो राष्ट्रिय जनावरलाई मारेर पाप गरेको त्यस्तो व्यक्तिलाई सरकारले केही नगरे आफुहरुले नछोड्ने उनीहरुको भनाई छ ।
तस्बिरहरु :






















प्रतिक्रिया