Logo

आजको तस्बिर

एमसीसीविरुद्ध विप्लव नेकपासहितका दलहरूको प्रदर्शन (तस्बिरहरू)



काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दलहरुले प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रघाती रहेकोले यसलाई खारेज गर्नुपर्ने भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ सहित ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लगायतका दहहरुले जिल्ला अदालत काठमाडौं अगाडि प्रदर्शन गरेका हुन् ।

सरकारले आज (भदौ १३ गते)देखि एमसीसी परियोजना बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ ।

तस्बरहरू हेर्नुहाेस्:–

 

   

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १७:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।