Logo

आजको तस्बिर

महेन्द्र यादवमाथिको आक्रमणविरुद्ध तरुण दलको प्रर्दशन, गृहमन्त्रीको राजीनामा माग (तस्बिरहरू)



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेको छ ।

तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो ।

उक्त घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ । आक्रमणबाट घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

तस्बिरहरू :

 

 

 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १६:१८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।