Logo

आजको तस्बिर

श्रद्धाञ्जली अर्पण गर्न एकसाथ च्यासल पुगे सत्तारुढ शीर्ष नेताहरू (तस्बिरहरू)



काठमाडौं ।  संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । पार्टी केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सांसद सुमना श्रेष्ठले श्रद्धाञ्जली दिए । अहिले नेताहरू आउने क्रम जारी छ ।

घरको शौचालयमा राति १ बजेतिर बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १ः५० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

तस्बिरहरू:–

 

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १४:५३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।