काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा उपत्यका केन्द्रित बृहत विरोध सभा तथा प्रदर्शन गरेको छ ।
भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दबावका साथै गौवंश हत्या रोक्नुपर्ने भन्दै राप्रपाले काठमाडौंको भृकुटिमण्डपबाट शान्तिबाटकासम्म विरोध र्यालीसहित प्रदर्शन गरेको हो ।

उनीहरूले गौ हत्या बन्द गर, हिन्दुराष्ट्र कायम गर, गणतन्त्र खारेज, विदेशी दलाल होसियार लगायतका नारा लगाएका थिए । हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दवाव दिन पनि विरोध प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ नेता डा प्रकाश चन्द्र लोहनी लगायतका शीर्ष नेताहरू पनि सहभागी भएका थिए ।
















प्रतिक्रिया