Logo

शेयर बजार

हकप्रद शेयरको लागि लगानी कोषले दियो बोर्डमा निवेदन, अब ३ अर्ब चुक्ता पुजीँ हुने



नागरिक लगानी कोषले हकप्रद शेयर निष्काशन गर्ने तयारी गर्दै छ । कोषले शेयर निष्काशनको लागि  नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कोषले कोषले १ः ०.८२८४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । 

बोर्डले गत सोमबार नै बोर्डमा निवेदन दिएको हो । कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने बताइएको छ । 
हाल  कोषको चुक्तापुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । हकप्रद बिक्री भएपछि त्यो ३ अर्ब हुनेछ । कोषले हकप्रद बिक्री प्रवन्धकमा आरवीवी मर्चेन्टलाई यस अघि नै नियुक्त गरिसकेको छ ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार