Logo

प्रमुख समाचार

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

स्वास्थ्यकर्मी नियमित काममा फर्कने



काठमाडाैं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ।

आइतबार साँझ दुईपक्षबीच सहमति भएसँगै चिकित्सिकहरूले थालेको आन्दोलन स्थगित भएको छ। हेटौंडास्थित सञ्चो अस्पतालका दुईजना डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरूले आइतबार आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर प्रदर्शन गरेका थिए। चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले आजै वार्ता समिति बनाएको थियो।

सरकार र चिकित्सकबीच भएको सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अरू ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने, उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिवद्ध रहने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउनेलगायत बुँदामा सहमति भएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १९:५७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।