Logo

अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता(तस्बिरहरू)



काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

भेटवार्ता अघि चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनरसहित सम्मान गरेको थियो। प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए ।

द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचार विमर्श भएको बुझिएको छ । प्रधानमन्त्रीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू समेत सहभागिता रहेका छन् ।

 

तस्बिरहरू:

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ११:५५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।