Logo

गण्डकी प्रदेश

पोखराको मणिपाल अस्पतालमा डाक्टरमाथि हातपात



गण्डकी । पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेकाे खुलेकाे छ ।

अस्पतालमा उपचार गर्दागर्दै लमजुङ सुन्दरबजार नगरपालिका–७ का २७ बर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो निधन भएपछि उनका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ। किड्नी फेल भएकी दुरा आइतबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। मुटुको समेत समस्या रहेको उनलाई आकस्मिक कक्षबाट आईसीयुमा लगेर भर्ना गरिएको थियाे।

उपचार गर्दागर्दै बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड र आक्रमण गरेको कास्की जिल्ला प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १८:१७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।