Logo

प्रमुख समाचार

कोशी प्रदेश : कम्युनिष्ट–कम्युनिष्टबीचको सहकार्य माओवादी सांसदहरूको चाहना

भन्छन्– ‘राजनीतिक निकासका लागि एमालेसँग मिल्दा राम्रो’



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका नेकपा एमाले कोशीका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुपर्ने मिति नजिकिँदै आएको छ । सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको दलको हैसियतले गत २३ भदौमा नियुक्त भएका मुख्यमन्त्री कार्कीले मुख्य खुड्किलो पार गर्नु भने बाँकी नै छ ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । प्रदेशसभाले विश्वास नगरेको अवस्थामा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ । सोहीअनुसार मुख्यमन्त्री कार्कीले अब यही असोज २१ भित्र प्रदेशसभाको विश्वास जित्नुपर्ने हुन्छ । तर कोशी प्रदेशसभाको अंक गणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना निक्कै न्यून छ ।

९३ सदस्यीय प्रदेशसभमा विश्वास सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेसँग (सभामुखसमेतकाे जिम्मेवारी सम्हालेकी  उपभामुख सिर्जना दनुवारसहित) ४० सांसद छन् । ६ सांसद रहेको राप्रपाले एमालेलाई नै साथ दिएपनि कार्कीले विश्वासको मत पाउन सक्ने देखिँदैन । सभाध्यक्षले मतदान प्रक्रियामा सामेल हुन नपाउने व्यवस्थाका कारण दुई मत अपुग देखिन्छ ।

अहिले आफूहरूसँग बहुमत (४७) रहेपनि फेरि आफूहरूकाे समर्थनमा धारा १६८ (५) बमाेजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिने बेला एमालेले विगतकै जस्तो चालबाजी गर्ने सांसद तिम्सिनाको आशंका छ ।

यस्तोमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउन राजनीतिमा कुनै ठूलाे बद्लाब आउनुपर्छ । अर्थात् ४ सांसद रहेको एकीकृत समाजवादी वा १३ सांसद रहेको माओवादीमध्ये एउटा दल एमालेसँग सहकार्य गर्न तयार हुनुपर्छ । कि त विपक्षी गठबन्धनको नेतृत्व गरेको दल २९ सिटे कांग्रेस नै एमालेसँग मिल्न जानुपर्छ । तर वर्तमान राजीतिक समीकरणले यसलाई पूरै असम्भव तुल्याइदिन्छ ।

आफ्नो पक्षमा बहुमत नदेखिएपनि मुख्यमन्त्री कार्की विश्वासको मत जुटाउने प्रयासमा भने निरन्तर लागिपरेका छन् । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएलगतै उनले सहमतीय सरकारका लागि अन्य दललाई आह्वान गरिसकेका छन् भने आफू नेतृत्वको सरकार टिकाउन संघीय राजधानी काठमाडौं पनि आएका थिए । विश्वासको मत लिने मिति नजिकिँदै गर्दा उनको व्यस्तता बढेको छ ।

मुख्यमन्त्री कार्कीको दौडधुप चलिरहँदा माओवादी प्रदेश सांसदहरूको चाहना भने उनै कार्कीलाई राहत महसुस गराउने किसिमको छ । केन्द्रसहित अन्य ६ वटा प्रदेशमा जो–जसको गठबन्धन भएपनि कोशीको सन्दर्भमा एमालेसँग सहकार्य हुनेगरी शीर्ष नेताहरूबीच सहमति जुटोस् भन्ने चाहना उनीहरूको छ ।

को के भन्छन् ?

नेकपा माओवादी केन्द्र कोशी प्रदेशसभा सदस्य गीता तिम्सिना कम्युनिष्ट–कम्युनिष्टबीच सहकार्य हुन सकेको अवस्थामा सबै हिसाबले राम्रो हुने बताउँछिन् । ‘कम्युनिष्ट–कम्युनिष्टबीचको सहकार्यका लागि पहल हुँदा, अगाडि बढ्न सक्दा त राम्रो हुन्थ्यो नि ! जे भए पनि कम्युनिष्टहरू एक भएर अगाडि बढेकै राम्रो हुन्थ्यो । सहकार्यको हिसाबाले पनि र भावि राजनीतिको हिसाबले पनि’, उनी भन्छिन्, ‘यो हाम्रो एकखालको इच्छा र आग्रह पनि हो । तर हामी दलभन्दा बाहिर जान सक्ने परिस्थिति छैन । त्यसो हुँदा यो इच्छा इच्छामै सीमित रहेको छ अहिलेसम्म ।’

सरकार सञ्चालन गर्ने कुरामा होस् वा पार्टी चलाउने कुरामा होस् कम्युनिष्टहरू एक हुँदा नीति तथा सिद्धान्ततः काम गर्न सहज हुने उनी बताउँछिन् ।

‘झगडा, चर्काचर्की परेको दुई/चार दिनमै हात उठाएर अध्यक्षहरूले बार्दलीबाट सबैलाई हाई गरेको पनि नदेखिएको होइन । त्यसकारण यस बीचमा केही हुनै नसक्ने भन्ने पनि मलाई लाग्दैन । तर सहकार्यको वातावरण चाहिँ एमालेबाट सिनियर तहबाटै अगाडि बढ्दा राम्रो ।’

अहिले नै मध्यावधिमा जान उपयुक्त नरहेकोले कोशीमा एक खालको राजनीतिक निकास जरुरी रहेको सांसद तिम्सिना बताउँछिन् । ‘कोशीमा एक खालको राजनीतिक निकास चाहिँ जरुरी नै छ’, उनी भन्छिन्, ‘देशको आर्थिक अवस्था, जनताको चाहना सबै चीजलाई हेर्दा मध्यावधिमा जाने खालको परिस्थति छैन । जनताले गर्ने आफ्नो कर्तव्य त यस अघि नै पूरा गरेर पठाइसकेका छन् । फेरि के भन्दै जानु ?’

अहिले आफूहरूसँग बहुमत (४७) रहेपनि फेरि आफूहरूकाे समर्थनमा धारा १६८ (५) बमाेजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिने बेला एमालेले विगतकै जस्तो चालबाजी गर्ने सांसद तिम्सिनाको आशंका छ । ‘गठबन्धनको हिसाबले बहुमत हामीसँग पुग्छ । तर राजनीतिमा सिधा हिसाबको संख्याले मात्र नहुने रहेछ’, उनले भनिन्, ‘फेरि उता उपसभामुखले सभा चलाउनुभएन भने अफ्ठ्योरो नै छ ।’

सांसद तिम्सिना राजनीतिमा फेरि एउटा असम्भव लाग्ने कुरा सम्भव बनोस् भन्ने चाहन्छिन् । भन्छिन्, ‘राजनीतिमा नसोचेको पनि हुन्छ हुन चाहिँ । झगडा, चर्काचर्की परेको दुई/चार दिनमै हात उठाएर अध्यक्षहरूले बार्दलीबाट सबैलाई हाई गरेको पनि नदेखिएको होइन । त्यसकारण यस बीचमा केही हुनै नसक्ने भन्ने पनि मलाई लाग्दैन । तर सहकार्यको वातावरण चाहिँ एमालेबाट सिनियर तहबाटै अगाडि बढ्दा राम्रो ।’

‘मलाई पनि व्यक्तिगत रुपमा लागेकै हो । कम्युनिष्ट–कम्युनिष्टबीच सहकार्य भए अति राम्रमे हुन्थ्यो भन्ने । तर यो गठबन्धनको हिसाबले केन्द्रसँगै टच भाकोले गाह्रो छ । यो गाँठो चाहिँ माथिबाटै फुक्नुपर्ने हुन्छ ।’

माओवादीका अर्का प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती अहिलेसम्म कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिने वातावरण नबने पनि कम्युनिष्टहरूबीच सहकार्य र एकताको वातावरण बने राम्रै हुने बताउँछन् । ‘आजका मितिसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार भाएको छैन’, उनी भन्छन्, ‘तर सहकार्य मात्र होइन, एकता नै भइदिए त साह्रै राम्रो हुन्थ्यो नि ! के गर्नु पहिला फुटेर गल्ती भयो । सबै एकै ठाउँ भए राम्रो नि हामीलाई त ।’

तर त्यसको लागि  प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने सांसद उप्रेतीको भनाइ छ ।

माओवादी सांसद सपना दर्जी पनि प्रदेशमा कम्युनिष्टकै सरकार बनेकाे हेर्न चाहन्छिन् । तर यो अहिले असम्भव रहेको उनी बताउँछिन् । ‘मलाई पनि व्यक्तिगत रुपमा लागेकै हो । कम्युनिष्ट–कम्युनिष्टबीच सहकार्य भए अति राम्रमे हुन्थ्यो भन्ने ।’, उनी भन्छिन्, ‘तर यो गठबन्धनको हिसाबले केन्द्रसँगै टच भाकोले गाह्रो छ । यो गाँठो चाहिँ माथिबाटै फुक्नुपर्ने हुन्छ ।’

केन्द्र र अन्य प्रदेशमा फरक गठबन्धन भए पनि कोशी प्रदेशको सन्दर्भमा एमालेसँग सहकार्य गर्दा हुने सांसद दर्जीको धारणा छ । ‘अन्य ठाउँमा जे–जे भएपनि कोशीलाई निकास दिनुपर्छ भन्ने हिसाबले माथि नेतारू तयार हुनुभयो भने त यहाँ नहुने केही छैन । प्रदेशलाई मध्यावधिमा धकेलिन नदिउँ भन्नलाई पनि मुख्य लिडरपहरू एउटा सहमतिमा पुग्नुपर्‍यो’, उनले भनिन्, ‘मध्यावधिमा गएर अहिल्यै राज्यलाई आर्थिक भार र जनतलााई दुःख दिनु हुँदैन भन्ने मेरो धारणा हो ।’

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १९:३६   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।