Logo

शिक्षा

सिन्धुलीकाे पाटनदेवी माविमा राजनीतिकरण राेक्न माग गर्दै विद्यार्थीले लगाए ताला



काठमाडाैं । सिन्धुलीकाे तीनपाटन नगरपालिका–३ स्थित पाटनदेवी माविमा राजनीतिकरण राेक्न माग गर्दै विद्यार्थीले ताला लगाएका छन् । विद्यालयमा राजनीतिकरणका कारण विद्यार्थीले पटक–पटक समस्या भोग्नु परेको र आज निर्धारित समयमै परीक्षा नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

विद्यालयमा ICT ल्याबको उपलब्धता भएकोले कम्प्यूटर शिक्षालाई अगाडि बढाउन मनोज कुमार विकलाई विव्यस र अभिभावकको आम भेलाले नियुक्त गरिएको तर उक्त विषयलाई लिएर स्थानीय जनप्रतिनिधिले प्रधानाध्यपक र कम्प्युटर अपरेटरलाई राजनीतिक प्रतिशोध साँधिने गरी बर्खास्त गरेपछि आजको प्रश्नपत्र निर्माण हुन नसक्दा निर्धारित समयमा परीक्षा हुन नसकेको जनाइएकाे छ । साेही कारण विद्यार्थीद्वारा अनिश्चितकालीन तालाबन्दी गरिएको हाे ।

विद्यालयमा विगत तीन वर्षदेखि विद्यालय प्रशासन चलाउँदै आएका प्रअ शुक्रबहादुर तामाङलाई आफ्नो स्वार्थ सिद्ध गर्ने अभिप्रायले वडा अध्यक्ष लालबहादुर स्याङतान र गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले समग्र सामाजिक एवम् शैक्षिक सुशासन र लोकतन्त्रको मर्म विपरीत ठाडो निर्देशनमा बर्खास्त र नयाँ प्रअ नियुक्त गरिएकाले मनोमानी गरिएकाे शिक्षक मनोज विक र प्रअ तामाङलाई यथासिघ्र पुनः स्थापना गर्न माग पनि विद्यार्थीहरूकाे छ । माग पूरा नभएसम्म आफूहरूकाे आन्दाेलन जारी रहने विद्यार्थीहरूकाे चेतावनी छ ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ९ : ३७ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।