Logo

आजको तस्बिर

उपभोक्ता हित समितिका सभापति खांनको सक्रियातामा कैलीमा बजार अनुगमण (तस्बिरसहित)



काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांन सुदूरपशिचम प्रदेशको केन्द्र कैलाली पुगेका छन् । चाडपर्वको मौका छोपेर हुनसक्ने विभिन्न कालोबजारी तथा आफूखुसी मूल्यवृद्धिको अनुगमनका क्रममा उनी त्यहाँ पुगेका हुन् ।

कैलाली पुगेर समिति सभापति खांनले कैलालीका सम्पूर्ण प्रदेश कार्यालयका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीसहित जिल्ला अन्य अधिकारीहरू तथा नेपाली उभोक्ता संरक्षण महासंघका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरे । करिब ४ घण्टाको अन्तरक्रियामा चाडपर्वको समयमा हुनसक्ने कालोबजारी नियन्त्रणमबारे छलफल भएको उपभोक्ता संरक्षण महासंघका प्रतिनिधि चन्द्र साउदले जानकारी दिए ।

अन्तरक्रियापछि बजार अनुगमनसमेत गरिएको छ । साउदका अनुसार कैलालीको गेटा आरपी इन्डस्ट्रीजस्ता ठूला खाद्यवस्तु बिक्रीकेन्द्रमा समिति सभापति खाणसहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनमा समितिसभापति खांनसहित प्रदेश कार्यालय तथा जिल्लाका अधिकारीहरू र उपभोक्ता महासंघका १० प्रतिनिधि तथा सरोकारवालाको सहभागीता थियो ।

तस्बिरहरू:–

   

 

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  ७ : १३ बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।