Logo

प्रमुख समाचार

पानीकाे जारमा लामखुट्टेको लार्भा भेटिएपछि कामनपाले तिरायाे पशुपति पानी उद्योगलाई १ लाख



पशुपति पानी उद्योगको उद्योगलाई काठमाडौं महानगरपालिकाले १ लाख जरिवाना तिराएको छ ।

उद्योगबाट उत्पादन भएको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि सो उद्योगलाई जरिवाना तिराइएको महानगरले जनाएको छ । महानगरका अनुसार ढुवानी गरेर बेच्न ल्याएको जारको पानीमा लामखुट्टेका लार्भा भेटिएको थियो । जरिवानासँगै महानगरले जारमा पानी भर्नु अगाडि जारलाई अनिवार्य निर्मलीकरण गर्न निर्देशन समेत दिएको छ ।

यस्तै प्रत्येक महिना पानी परीक्षण रिर्पोट ढुवानी कर्तालाई दिन समेत निर्देशन दिएको महानगरले जनाएकाे छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १८:३६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।