पाेखरा । पोखरा महानगरपालिको व्यवस्थापनमा सञ्चालित वडा स्तरीय सफाइ अभियान अन्तरगत वडा नं.२५ मा गरिएको सफाइ कार्यक्रममा वडावासीहरूले उत्साहजनक सहभागिता जनाएका छन् । वडाको ३३ वटै टोलहरूमा एकसाथ गरिएको सफाइमा ५ हजार बढी वडावासीहरूले सहभागिता जनाएका वडा अध्यक्ष मोतीराज तिम्सिनाले जानकारी दिए ।
वडामा अवस्थित मठमन्दिर, चोक चौतारी, सडक र सार्वजनिक स्थलहरूमा सफाइ गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि, ३३ वटा टोल विकास संस्थाहरू, आमा समूह, महिला सञ्जाल, निजी तथा सामुदायिक विद्यालय, युवा क्लब, नागरिक समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल प्रहरी, महानगर प्रहरी, हेमजा स्वास्थ्य चौकी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सहकारी तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो ।
साे क्रममा ७ ट्रकभन्दा बढी फोहोर सङ्कलन गरिएको छ ।
तस्बिरहरू:–
























प्रतिक्रिया