विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले आफूलाई साथ दिएका कांग्रेसका शम्सेर राई र एमालेबाट रामबहादुर रानालाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले पनि आजै शपथ लिनेछन् ।
कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । शनिबार नै एमालेसँग भएको छलफलमा १/१ जना मन्त्री बनाउने सहमति भएको बताइएको छ ।
मुख्यमन्त्री कार्की भने मुख्यमन्त्री नियुक्त भएलगतै शनिबार नै काठमाडौं आएका छन् । उनले नेता शेखर कोइराला, सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा अोली लगायतसँग भेटवार्ता गरेका छन् । दिउँसो २ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन उनी अब विराटनगर जाँदैछन् ।




















प्रतिक्रिया