काठमाडौं । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै असोज २० गते स्थगित भएको प्रदेशसभा बैठक कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बस्ने जानकारी गराएको हो ।
सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ । कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । नेकपा एमालेका ३९ जना र आफूसहित कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा उनी शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका कार्कीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् ।




















प्रतिक्रिया