काठमाडौं । जीवनभर स्वस्थ तथा निरोगी रहनु हरेक व्यक्तिको चाहना हो । त्यसका लागि उचित मात्रामा सबै प्रकारका भिटामिनहरू शरीरलाई आवश्यक पर्छ । ती मध्येको एक हो– भिटामिन बी१२ ।
भिटामिट बी१२ को सम्बन्ध हाम्रो शरीमा रहेको रगतसँग हुन्छ । कोशिकासम्म अक्सिजनको आपूर्ति गर्ने, ग्लुकोज, एमिनो एसिड र फैटी एसिड जस्ता पोषक तत्वको आपूर्ति, कार्बन डाइक्साइड, यूरिया, र ल्याक्टिक एसिड जस्ता फोहोरहरूलाई हटाउनुका साथै हर्मोनको परिवहनजस्ता कार्य गर्ने रगत ठिक ढंगले उत्पादन भइराख्नलाई यसको आवश्यक पर्छ ।
तर यो भिटामिन ‘ननभेजिटेवल सोर्स’ अर्थात् मासुजन्य चिजबाट मात्र पाइन्छ । जसकारण ‘भेजिटेरियन’हरूमा तुलनात्मक रुपमा भिटामिन बी१२ को कमि देखिने विज्ञहरू बताउँछन् । हेम्याटोलोजिस्ट डा. नीरजकुमार सिंह भन्छन्, ‘भिटामिन बी१२ हाम्रो शरीरलाई अत्यावश्यक भिटामिन नै हो । खासगरी ठिक ढंगले रगत उत्पादन भइराख्नलाई यो आवश्यक पर्छ । तर यो भेजिटेवल सोर्सबाट आउँदैन । ननभेजिटेवल सोर्सबाट मात्र आउने हो । त्यसकारण ननभेजिटेवल सोर्सका खानेकुारहरू पनि उत्तिकै चाहिन्छ ।’
अब यहाँ स्वभाविक प्रश्न उठ्छ– उसोभए शुद्ध शाकाहारीले भिटामिन बी१२ कहाँबाट पूर्ति गर्ने ? अनलाइनपानाको यो पश्नमा डा. सिंहले भने– ‘यो ननभेजिटेवल सोर्सबाट नपाइने भएकै कारण हाम्रै शरीमा हुने विभिन्न किटानु र व्याक्टेरियाहरूले आफै ‘मेटाबोलाइज’ गरेर बनाइराख्छन् एउटा सर्टेन समयसम्म । तर त्यसपछि कमि हुन थाल्छ । त्यस्तो अवस्थामा ट्याबलेट वा इन्जेक्सनबाटै यसको परिपूर्ति गर्नुपर्ने हुन्सक्छ ।’
फलफूलहरू, फलफूलमा पनि अनार र केरा जस्ता चिज आइरन कन्टेनिङ खानेकुराहरू हुन् । यसका अलावा जुनसुकै हरियो सागपात तथा हरियो तरकारीमा आइरन बढी हुन्छ । यी खानेकुरा मात्रा मिलाएर खाइएमा रगतमा कुनै किसिमको ‘इन्फेक्सन’ नहुने डा. सिंह बताउँछन् ।
त्यसो त शरीरमा रगतलाई स्वस्थ राख्न खासगरी खानपान नै ‘हेल्दी’ हुनुपर्ने हेम्याटोलोजिस्ट डा. सिंह बताउँछन् । ‘रगतलाई स्वस्थ राखिराख्न खासगरी खानपान नै हेल्दी हुनुपर्यो’, उनले भने, ‘हेल्दी डाइट भनेको सबै कुराको ब्यालेन्स मिलाएर खानुपर्ने हुन्छ । त्यो भनेको कारब्वाहाईड्रेट पनि उतिकै मात्रामा, प्रोटिन पनि उतिकै मात्रमा, मिनरल्स पनि उतिकै मात्रामा हुनुपर्यो ।’
डा. सिंहका अनुसार सागसब्जी तथा फलफूलहरू पनि नियमित खानुपर्ने हुन्छ । चिल्लो तथा बोसोजन्य खानेकुराले पनि रगतलाई दुषित पार्ने भूमिका खेल्ने उनी बताउँछन् । ‘हामीले सागसब्जी तथा फलफूलहरू पनि नियमित खाइराख्नुपर्छ । यसैगरी चिल्लो र बोसो भएका खानेकुरा खानु भएन’, डा. सिंहले भन्छन्, ‘आगोमा पोलिएका जुनसुकै खानेकुराले पनि हाम्रो ब्लडलाई राम्रो गर्दैन । रक्सी चुरोट अभोइड गर्ने र पानी प्रशस्त मात्रमा पिउनुपर्यो । यसो गर्न सकियो भने रगत स्वस्थ रहन्छ ।’
अवस्था अनुसार बच्चाहरू, गर्भवती भएको बेला त्यही अवस्था अनुसार, वृद्धवृद्धाको छुट्टै अवस्था अनुसार पचाउने क्षमता पनि फरक हुन्छ, त्यसैले खानपिनलाई उसैगरी ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘नियममित रगत उत्पादन भइराख्नलाई केही कुरा चाहियो । उत्पादन भइसकेका रगत स्वस्थ राख्न वा आफ्नो अप्टिमल टाइमसम्म काम गर्नलाई, फंक्सन गर्नलाई एक तरिकाको खानपिन आवश्यक पर्छ’, उनले भने, ‘सही तरिकाले ठिक मात्रामा रगत उत्पादन हुनलाई आइरन बढी भएका खानेकुराहरु खानुपर्छ ।’
फलफूलहरू, फलफूलमा पनि अनार र केरा जस्ता चिज आइरन कन्टेनिङ खानेकुराहरू हुन् । यसका अलावा जुनसुकै हरियो सागपात तथा हरियो तरकारीमा आइरन बढी हुन्छ । यी खानेकुरा मात्रा मिलाएर खाइएमा रगतमा कुनै किसिमको ‘इन्फेक्सन’ नहुने डा. सिंह बताउँछन् ।
प्रतिक्रिया