काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठका अनुसार ‘मन्त्रीज्यूको स्वास्थ्यमा सुधार भएको छ ।’
राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन आएका श्रेष्ठको बुधबार राति ह्दयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको शल्यक्रिया सफल भएको जनाएको थियो । अचानक बिरामी परेपछि बिहीबारको भेटघाट सबै स्थगित गरिएको थियो । राजदूत श्रेष्ठले भने, नियमित कार्यक्रम अनुसार मन्त्री श्रेष्ठको शुक्रबार नेपाल फर्कने तालिका थियो ।
अब चिकित्सकको सल्लाहअनुसार नै उनको नेपाल फर्कने तालिका तय हुने दूतावासले जनाएको छ । मन्त्री श्रेष्ठसँगै आएका सरकारी टोली भने शुक्रबार नै नेपाल फर्किने भएका छन् ।




















प्रतिक्रिया