Logo

अर्थ

माथिल्लो मैलुङ खोलाको आईपीओ बाँडफाँट



काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ आज शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान ९:३० बजे माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले गते असोज १८ गतेदेखि असोज २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० अंकित दरका कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

यो आईपीओमा कुल ११ लाख ९० हजार २ सय ९६ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ८५ हजार ६४२ जनाको आवेदनमात्र सदर भएका छन् । बाँकी ४६ सय ५४ जनाको आवेदन बदर भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जसमा भाग्यमानी १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । यो हिसाबले सदर आवेदकमध्ये १० लाख ५७ हजार २२२ आवेदकको हात खाली भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार ११:५३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।