काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएनए)मा समानान्तर कमिटी घोषणा गरेको राजकुमार (आरके) शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले शर्मा नेतृत्वको कार्यसमितिलाई बधाई दिएका छन् । उनले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीको भूमिका आवश्यक भएको बताए । यसका लागि सरकार सहजीकरण गर्न तयार रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
नेपालमा लगानीको थुप्रै अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लगानी गर्न आग्रह गरे । उनले नागरिकता विधेयक कार्यान्वयन आएको स्मरण गर्दै आगामी दिनमा विदेशबाट मत दिन पाउने व्यवस्था पनि गरिने प्रतिबद्धता जनाएका थिए ।




















प्रतिक्रिया